काठमाडौं - एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।