काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाडाैंमा आज साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ भने संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभामा बोल्दै सञ्चालक समितिको अध्यक्ष एमआर कुमारले बीमाको माध्यमबाट देशको आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बीमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बीमा कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

.gif)



