गोरखाबाट मतदान गर्दै बाबुराम भट्टराईले सार्वजनिक गरे मतपत्रको तस्विर
काठमाडाैं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
मतदान गर्दै उनले लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरिएको बताए । मतदान गर्दै उनले सबैलाई मतदान गरेर स्थानीय लोकतन्त्र सुदृढ गर्न पनि अपिल गरेका छन् ।
साथै भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस