विद्यालय कोरोनाको ‘हटस्पट’ बन्ने खतरा, बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
खबर एक्सप्रेस
२०७७-१२-२७ ११:१३ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।
बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयलाई कोरोनाको 'हटस्पट' बन्न नदिन बन्द गर्ने निर्णय गरेर कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)मा सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अनलाइन कक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रहसमेत गरेको छ ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको उनको भनाइ छ। उनले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुनसमेत आग्रह गरे ।
फेसबुक पेज Like गर्नुहोस