काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ। 

मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत् पठनपाठन सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरेको हो ।  

पछिल्लो समय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको बताए।