डाक्टर केसी अस्पतालबाट डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०७-०४ ०४:२७ मा प्रकाशित
Total Shares: 1003
काठमाडौं - वरिष्ठ चिकित्सक गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन्। २७ दिनसम्म अनसन बसेका केसी त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएका थिए। केसी एक साता लामो उपचारपछि घर फर्केको उनका सहयोगी प्रितम सुवेदीले बताए।
उनले असोज २५ गते सत्याग्रह तोडेका थिए। सरकार र केसीबीच आठ बुँदे सहमति भएको थियो। केसीले जुम्ला पुगेर अनसन थालेका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि केसीलाई काठमाडौं ल्याइएको थियो।
फेसबुक पेज Like गर्नुहोस