दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 41
काठमाडौं - राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
विकास आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्यक्षेत्र सम्बन्धमा छलफल हुने बताइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस