काठमाडौं- रौतहट जिल्ला अदालतले आज आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको जनाएको छ । अदालतले सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ । फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी छ ।
कर्फ्यु जारी भएपछि रौटहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित
खबर एक्सप्रेस
फाल्गुन १०, २०८२
५०


.gif)

