काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

शनिबार दिउँसो देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तराईका भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ । साथै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको मध्य तथा पूर्वी क्षेत्र लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।

मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।