काठमाडौ - महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउसमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन ।

त्यसैगरी शुभश्री कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओली र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन ।सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीका लागि इन्ट्रनशिप अपरचुनिटि, जव फेयर प्रोगाम, बैकिग अवारनेस प्रोगाम, गेष्ट लेक्चरर भिजिट लगायत अन्य कार्यक्रम प्रदान गर्ने पनि उल्लेख छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।