तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने
खबर एक्सप्रेस
२०८२-०६-०९ ०९:४४ मा प्रकाशित
Total Shares: 106
काठमाडौं-मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको हो ।
“आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तररूपमा परिचालन भइरहेको छ,” कार्यालयले भनेको छ, “तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।”
यसअघि यो पहिरो दुई दिनमा हटाएर अवरुद्ध सडक खुलाइने कार्यालयले जनाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस