आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं - सत्ता गठबन्धनले आज धनगढीमा संयुक्त चुनावी सभा गर्दैछन्। गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्।
सम्बोधनका लागि देउवा र दाहाल धनगढी पुगिसकेका छन्। देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए। देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए। प्रचण्ड पनि आइतवार साँझ नै धनगढी पुगेका हुन्।
धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। आमसभापछि देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस