पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०८-२६ ०७:१५ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।
उनले आज शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।
उनले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताएका छन्।
अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।
फेसबुक पेज Like गर्नुहोस