सांसद अपहरणको आरोप पुष्टि भए झुन्डिएर मर्छु : सांसद श्रेष्ठ
खबर एक्सप्रेस
२०७७-०२-०५ ०२:१५ मा प्रकाशित
Total Shares: 515
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लागेको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुन्डिएर मर्न तयार रहेको बताए ।
उनले भने, ‘केही हप्ताअगाडि यहाँ सांसद अपहरणका कुराहरू आए र मलगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो । सम्पूर्ण माननीयहरूलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरूको अगाडि म झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?’
फेसबुक पेज Like गर्नुहोस