अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्व र सडकका अधिकारी
खबर एक्सप्रेस
२०७६-०८-०१ ११:०० मा प्रकाशित
Total Shares: 709
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ ।
अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका झन्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो ।ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग र विभागअन्तर्गतका विभिन्न कार्यालयमा वर्षौंदेखि कार्यरत केही अधिकारी, सडक विभाग र डिभिजन कार्यालयअन्तर्गत कार्यरत केही उच्च इन्जिनियरहरुमाथिको अकुत सम्पत्ति छानबिन अन्तिम चरणमा पुगेको छ ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस