६ जना नयाँ कोरोना संक्रमित थपिए, १४१ सक्रिय संक्रमित
खबर एक्सप्रेस
२०७९-०२-०८ ०४:२६ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै, थप १३ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४१ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस