तीन घण्टा लामो नेकपा सचिवालय बैठक निष्कर्षविहीन
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बुधबार बेलुका सुरु भएको बैठक केहीबेर अघि सकिएको हो ।
आजको बैठक सकिए पनि कुनै पनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार अर्को बैठक २० गतेको लागि बोलाइएको छ । उक्त बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने उनले बताए ।
तीन घन्टा लामो बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको थियो । बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यस्तै, स्थायी कमिटीको बैठक बस्ने बिषयमा छलफल गर्दै पुनः सचिवालय बैठक बस्ने सहमति गरेको हो । यसबीचमा नेतृत्व तहले केही प्रस्ताव ल्याउनेबारे पनि सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छने् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस