गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट
काठमाडौं, कैलाली - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट मागेका छन् ।
गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका बागी उम्मेदवारलाई भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिका पुग्नु भएका दाहालले आज साेमबार गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार लक्ष्मी सत्गौवालाई भोट मागेका हुन्।
चुनावमा गठबन्धन गर्नु भनेको कसैसँग झुक्नु होइन भन्ने दाहालको भनाई छ । कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएका थिए । माओवादीले अघिल्लो पटक अध्यक्ष लाजुराम चौधरीलाई उम्मेदवार बनाएको थियाे ।
नेपाली कांग्रेसले उपाध्यक्षमा भगवती चौधरीलाई उम्मेदवार बनाएकाे छ । तर उपाध्यक्षकी कांग्रेस उम्मेदवार विरुद्ध माओवादीकी लक्ष्मी सत्गौवाले उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारी दिनुभएकी सत्गौवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोट मागेका हुन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस