काठमाडौंका सबै सरकारी कार्यालय आजबाट खुल्ने
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू आज खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।
१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
“दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,” सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ ।
बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस