काठमाडौं - सिभिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाको संरक्षणको लागि २ सय वटा ट्री–गार्ड उपलब्ध गराएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री–गार्डको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलन कुमार थापालाई गरेमन हुन ।

बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाको रहेको छ । बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३ सय वटा ट्री–गार्ड सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन ५ वर्ष सम्म लाग्ने सबै खर्च समेत बहन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलन कुमार थापा, कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको उपस्थिति रहेको थियो ।

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुग्ने पाउँदा आफुलाई खुशी लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझीले वताएको पनि विज्ञप्तिमा उल्लेख छ ।