काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको घटनाको सम्बन्धमा छानबिन गरिरहेको जाँचबुझ आयोगमा उपस्थित भएर आज बयान दिने भएका छन् ।

आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।