एकैदिन थपिए १३६ जना कोरोना संक्रमित
खबर एक्सप्रेस
२०८०-०१-०१ ०५:१३ मा प्रकाशित
Total Shares: 87
काठमाडौं - देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४२४ जनाको नमूना परीक्षण गरिएको थियो ।
१९७ जनाको पीसीआर र १२२७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ६८ जना संक्रमणमुक्त भएका छन् । हाल ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस