काठमाडौं क्षेत्र नं ४ मा अस्पताल जानका लागि निःशुल्क यातायात
काठमाडौं - कोभिड १९ संक्रमण भएर घरमै बसेका संक्रमितलाई अस्पताल जान कांग्रेस सांसद गगन थापाले निःशुल्क यातायात अभियान सुरु गरेका छन् । काठमाडौं क्षेत्र नं ४ को नेतृत्वमा बुधबारदेखि अस्पताल जाने संक्रमितका लागि निःशुल्क यातायात सुरु गरिएको सांसद थापाले बताएका छन् ।
ट्वीटरमा यसबारे जानकारी दिँदै उनले निषेधाज्ञामा अरु यातायातका साधन नहुने भएकाले अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सुरु गरेको बताएका छन् । घरबाट अस्पताल, आइसोलेशनमा जानका लागि निःशुल्क गाडी चढेर जान सकिने पनि उनले बताएका छन् ।
यसका लागि काठमाडौं महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३, बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सांसद थापाले नम्बर उपलब्ध गराएका छन् । यस्तै हटलाइनका लागि ९८६०३४०५८७ मा पनि फोन वा एसएमएस गर्न सकिने सांसद थापाले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस