प्रधानमन्त्रीको इशारामा अख्तियार चल्यो, त्यसको शिकार म भएः गच्छदार
खबर एक्सप्रेस
२०७६-१०-२४ ११:०० मा प्रकाशित
Total Shares: 376
काठमाडौं - शुक्रबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि काँग्रेसले पक्षपाती गरेको भन्दै आक्रोश व्यक्त गरेको थियो ।
सत्तारुढ दलले राजनीतिक प्रतिशोध राखेको भन्दै नेपाली काँग्रेसले बिहीबारे सदन चल्न दिएको थिएन । उक्त क्रम आज पनि जारी राख्ने काँग्रेसले जनाएको छ ।
काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले अख्तियारको कदम पक्षपाती भएको बताएका छन् । काँग्रेस नेताहरुप्रति एकएक गरी प्रतिशोध साधेको उनले आरोप लगाएका छन् ।
उपसभापति विजयकुमार गच्छदारले अख्तियारलाई ओली आयोग बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री के पीओलीको इशारामा अख्तियारले काम गरेको र आफु त्यसको सोझो शिकार भएको बताएका छन् । संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस