रास्वपाको अप्रत्यासित विजयमा अदृश्य शक्तिहरूले काम गरेका छन् : बादल
काठमाडौँ - नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित रूपमा बहुमत ल्याउनुमा ‘अदृश्य शक्ति’को भूमिका रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दलको तर्फबाट धारणा राख्दै उनले भदौ २३ देखि प्रतिनिधिसभा निर्वाचनको परिणामसम्मको अवस्थामा अदृश्य शक्तिको भूमिका रहेको बताए। उने व्यंग्यात्मक रूपमा रास्वपालाई सरकारसम्म पुर् याएकोमा नेपाली सेना, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, नेपाली सेनालगायतलाई बधाइ दिए। यसैगरी उनले बारबार फाउण्डेसन, टीओबीलगायतलाई पनि धन्यवाद दिए। उनीहरूकै त्यागका कारण रास्वपा अहिलेको अवस्थामा आइपुगेको उनले बताए।
कुन उद्देश्य प्राप्तिका लागि अबोध बालबालिकालाई निषेधित क्षेत्रमा पठाइयो, कुन उद्देश्यप्राप्तिका लागि संस्द् र सिंहदरबार जलाउन लगाइयो भनी प्रश्न गरे। उनले कुन उद्देश्यका लागि जननिर्वाचित सरकार अपदस्त गर्न लगाएर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अपराधी करार गरियो भनेर समेत प्रश्न गरेयस्ता प्रश्न सम्पूर्ण तागतसहित संद्मा सोधिरहने उनले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस