यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना
खबर एक्सप्रेस
२०८२-०८-२१ ०७:३६ मा प्रकाशित
Total Shares: 27
काठमाडौं - हाल कोशी प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस