कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन प्रक्रिया सुरु
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ ।
मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । निर्वाचन समितिले निर्वाचन कार्यपालिका परिवर्तन गर्दै बिहानदेखि फेरि प्रक्रिया अघि बढाएको हो ।
विशेष महाधिवेशन र संस्थापन पक्षबीच भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।
पार्टीको पुरानै विधानअनुसार विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था गरिएको छ ।
विशेष महाधिवेशन सचिवालयका अनुसार १४औँ महाधिवेशनमा प्रारम्भमा ४ हजार ७४३ मतदाता रहेका थिए । तर, निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका प्रतिनिधिहरू बाहेक हाल ४ हजार ६३५ महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् ।
आगामी निर्वाचन परिणामले कांग्रेसको नेतृत्व संरचना निर्धारण गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस