सुनसरी - सुनसरीको तित्रृवनमा आइतवार बिहान बस र माइक्रो बस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्टनामा मृत्यु हुने दुई महिला दुई पुरुष छन् । मृतक मध्ये माइक्रो चालक दिपक खड्का र काठमाडौंका हेमराज कोइरालाको नाम खुलेको छ । दुई महिलाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते चार जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । २ जनाको एपेक्स अस्पताल र अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको माइक्रो र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना६ख ७९५ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।