निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने थप २ जना पक्राउ
काठमाडौं - निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका -१ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोर रहेका छन् । उनीहरुलाई आज दिउँसो पक्राउ गरिएको हो ।
यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ टौमढीका विशेष जोशीलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गरेको आरोपमा पक्राउ गरिसकेको छ । उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
केहीदिअघि निकिशामाथि भक्तपुरको सडकमा हिँडिरहेका बेला दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो । त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी मोटरसाइकलमा रहेको एक समूहले दुर्व्यवहार गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस