डाक्टर केसीलाई ‘बिनाशर्त’ अनसन स्थगित गर्न सरकारी वार्ता टोलीको अनुरोध (विज्ञप्तिसहित)
काठमाडौं - वरिष्ठ चिकित्सक गोविन्द केसीलाई बिनाशर्त आफ्नो अनसन स्थगित गर्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ।
शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।
‘डाक्टर केसीले उठाउनु भएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तुहरू प्रष्ट गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध छ।’ कोभिड-१९ को विश्वव्यापी महामारीले आक्रान्त भएको अवस्थामा परिस्थितिला मनन् गर्दै अनसन स्थगित गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।
केसीले उठाएका माग र विषयवस्तुहरू सबै कार्यान्वयन चरणमा रहेको सरकारी वार्ता टोलीको दाबी छ।



.gif)



फेसबुक पेज Like गर्नुहोस