काठमाडौं - मुम्बईमा जारी आईसीसी  टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंशगाला बाहिर पुगिसकेका छन् ।

इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।