काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज आइतबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर जारी रहेको लकडाउनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकमा लकडाउन एक साता लम्ब्याउने तयारी रहेको स्रोतले बताएको छ ।

शनिबार बसेको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक हप्ता बढाउन मन्त्रिपरिषद्लाई सुझाएको थियो ।

जारी लकडाउनको अवधी सोमबार बिहान सकिँदै छ । गएको चैत ११ गतेदेखि लकडाउन जारी छ । हालसम्म नेपालमा कोरोनाबाट ४९ जना संक्रमित भएका छन् भने १२ जना डिस्चार्ज भएका छन् ।