नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा
खबर एक्सप्रेस
२०७७-०१-२४ ०५:३६ मा प्रकाशित
Total Shares: 411
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ । बैठकको समय र स्थानबारे जानकारी आएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
नेकपामा पछिल्लो समय चर्किँदै गएको आन्तरिक विवादबारे छलफल गर्न नेताहरुले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । त्यसपछि शनिवारको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाएको थियो ।
बैठकको तयारी र प्रस्ताव तयार गर्न अहिले बालुवाटारमा नेकपा सचिवालय बैठक बसिरहेको छ । नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस