भारतमा आईफोन १४ उत्पादन सुरु
खबर एक्सप्रेस
२०७९-०६-१३ ०८:०९ मा प्रकाशित
Total Shares: 185
काठमाडौं - अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।
चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस