कलंकीमा ट्रक दुर्घटना: एकको मृत्यु, ६ जना घाइते
खबर एक्सप्रेस
२०७७-०८-२६ ०८:१२ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - काठमाडौंको कलंकीमा शुक्रबार साँझ ट्रक दुर्घटना भएको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक शुक्रबार साँझ ब्रेक फेल भई दुर्घटनाग्रस्त बनेको हो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको भने ६ जना घाइते भएका छन् । प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन । अहिले ट्रेनबाट ट्रक निकाल्ने काम भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस