भिडियो क यूनिकोड नेपालसँग कतार १६ रनले पराजित
काठमाडौं - नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ ।
पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए । यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । दीपेन्द्र सिंह ऐरी ३८, आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रनमा आउट भए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस