ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटः छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत गृहमन्त्री खाँणले घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि उनको निर्देशन छ ।
आज विहान किरव १० बजेतिर पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेका छन् । अक्सिजन भर्ने क्रममा प्लान्टमा एक्कासि विस्फोट भएको थियाे ।
विष्फोटमा परेर अन्य छ जना प्लान्टमा कार्यरत श्रमिक पनि घाइते भएका छन् । उनीहरूकाे पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस