सुदूरपश्चिममा भूकम्पको धक्का
खबर एक्सप्रेस
२०७६-१०-२५ ११:०० मा प्रकाशित
Total Shares: 288
बैतडी - सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन् ।
फेसबुक पेज Like गर्नुहोस