लिभरपुलका फरवार्ड मोहम्मद सलाहले जिते ‘पीएफए प्लेयर अफ द इयर' काे अवार्ड
खबर एक्सप्रेस
२०७९-०२-२७ ०८:४५ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - लिभरपुलका फरवार्ड मोहम्मद सलाहले ‘पीएफए प्लेयर अफ द इयर अवार्ड’ जितेका छन् ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो ।
सलाहले मनोनयनमा परेका म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।
सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस