फेरि बढ्यो इन्धनको मूल्य
खबर एक्सप्रेस
२०७७-०४-१७ ०८:५१ मा प्रकाशित
Total Shares: 439
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने प्रवक्ता विनित मणि उपाध्यायले बताए।
कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।
पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।
फेसबुक पेज Like गर्नुहोस