काठमाडौं - संविधान संशोधन विधेयक संघिय संसदको कार्यसूचीमा परेको छ । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आजै संसद्‌मा पेस हुन लागेको हो ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको कार्यसूची छ । बैठक बिहान ११ बजे बस्दै छ ।

गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार केन्द्रीय समिति बैठकबाट संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।