नगरकोटका सबै होटललाई क्वारेन्टाइन बनाउने तयारी
काठमाडौं - नगरकोटका सबै होटल क्वारेन्टाइन बनाउन होटल सञ्चालकहरु तयार भएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चाहे अनुसार होटललाई क्वारेन्टाइन बनाउन सक्ने सञ्चालकहरुले बताएका हुन् ।
होटल व्यवसायीले यस्तो जानकारी दिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई होटलको अवस्था बुझ्न बुधबार बिहान नगरकोट पुगेका छन्।
कोरोना भाइरसको संक्रमण नदेखिएका तर संक्रमित व्यक्तिसँग सम्पर्क भएकाहरूलाई लक्षणहरू देखिन्छन् कि देखिदैनन् भनेर हेर्न सामान्यतस् १४ दिनसम्म क्वारेन्टिनमा बस्न पर्छ। सरकारले भक्तपुरमा क्वारेन्टाइन बनाएको छ भने नेपाली सेनाले पनि देशभरि विभिन्न ठाउँमा क्वारेन्टिन बेड तयार पारेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस