एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा अस्वीकार्य : माधव नेपाल
खबर एक्सप्रेस
२०७८-०९-०५ ०३:५० मा प्रकाशित
Total Shares: 210
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् ।
काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताएका हुन् ।
'एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्,’ उनले भने ।
एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको बताए ।
फेसबुक पेज Like गर्नुहोस