आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागमा सामान्य
खबर एक्सप्रेस
२०७९-०९-३० ०७:४५ मा प्रकाशित
Total Shares: 203
काठमाडौं-मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
फेसबुक पेज Like गर्नुहोस