जेनजीका गतिविधि बढ्न थालेपछि काठमाडौंमा सुरक्षा व्यवस्था मजबुत
काठमाडौं - जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी विद्रोहमा दमनकारी भुमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि काठमाडौंका मुख्य स्थान र सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था मजबुत बनाइएको हो।
जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्। उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।
ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमवार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफल समेत गरेकी थिइन्। यद्यपि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ।
जेनजीको एक समूहले मंगलवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस