चुनावी सुरक्षा गस्तीमा निस्किएको नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते
भोजपुर - आगामी प्रतिनिधि सभा चुनावको सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटना भएको छ ।
सदरमुकामस्थित नयाँ श्रीनाथ गण भोजपुरबाट गस्तीका लागि टेम्केमैयुङ हिँडेको २६ जना सेना सवार ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-३ को सेती बगरनजिक दुर्घटना भएको हो ।
बसमा सवार २६ जना मध्ये एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेका छन् भने २४ जना सैनिक घाइते भएका जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीका अनुसार बस चिप्लिएर सडकबाट २०० मिटर तल खसेको थियो। दुर्घटनापछि सेनाको अर्को टोली, प्रहरी र स्थानीयबासीसहितले घाइतेहरूको तत्काल गरेका थिए ।
उद्धारपछि नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।
केहीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
गम्भीर घाइते भएका ८ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस