काठमाडौं - बजारमा विक्री वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।

बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।