कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
खबर एक्सप्रेस
२०८२-०८-१६ १०:२३ मा प्रकाशित
Total Shares: 16
काठमाडौं - लगातार तीन पटक सरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्नेछन्। सहमति जुट्न नसकेपछि आइतबार नै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै निर्वाचनअघि नै महाधिवेशन गर्नेगरि पुस २६ गतेको मिति दिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस