काठमाडौं - अष्ट्रेलियाको सिड्नीमा रहेका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो केही दिनयता उनलाई ज्वरो आउन थालेपछि कोरोनाको आशंका गरिएको थियो । उनको स्वाब परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितसँगै अन्य चार जना पनि बस्दै आएको कारणले गर्दा उनीहरुको पनि कोरोना परिक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको हो ।

उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई क्वारेन्टाइनमा राखिएको छ । चार जनामध्ये दुईजनालाई होटलमा र दुईजनालाई उनीहरुकै फ्लाटमा क्वारेन्टाईनमा राखिएको हो । न्यु साउथ वेल्सको स्वास्थ्य विभागले घटनालाई हेरिरहेको छ ।