काठमाडौं - बेलायती राजकुमार फिलिपको निधन भएको छ । ९९ वर्षिय राजकुमारको निधनको पुष्टि बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत गरेको हो । 

आफ्नो पतिको निधनप्रति महारानी एलिजाबेथले गहिरो दुख व्यक्त गरेकी छन् । राजकुमार फिलिप महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् हुन् । उनी सन् १९४७ मा बेलायती महारानी एलिजाबेथसँग वैवाहिक जीवनमा गाँसिएका थिए ।

सन् २०१७ को अगस्टदेखि भने उनले सार्वजनिक जिम्मेवारीबाट संन्यास लिएका थिए ।द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो ।

राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।